neftake

कम्युनिष्टहरुको संयुक्त गठबन्धनले नेपालको सन्दर्भमा के अर्थ राख्छ ?

वाम राजनीतिक दलहरु विभाजन भएका समाचार आइरहनु कुनै अनौठो विषय नभएको नेपालमा अकस्मात् प्रमुख कम्युनिष्ट राजनीतिक शक्तिहरु खासगरी नेपाल कम्युनिष्ट पार्टी – संयुक्त मार्कसिस्ट लेनिनिस्ट (नेकपा – एमाले) कम्युनिष्ट पार्टी – माओवादी केन्द्र (नेकपा–माके) र नयाँ शक्ति नेपाल एक आपसमा एकिकरण गर्ने घोषणाले सबै नेपालीलाई आश्चर्य चकित पारेको छ । यो नेफ्टेकले ९३लभातबपभ० नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास र यसले आगामी दिनहरुमा देशलाई कस्तो असर पार्न सक्छ भन्ने विषयमा विश्लेषण गर्ने प्रयत्न गरेको छ ।
 
इतिहासमा भएका एकिकरण र विभाजन
नेपाल कम्युनिष्ट पार्टीको उदय सामन्तवादी र एकतन्त्रिय राणा शासन विरुद्ध लड्न सन् १९४० दशकको मध्यमा भएको थियो । नेपालको वाम इतिहासलाई अवलोकन गर्दा ७० भन्दा बढी कम्युनिष्ट पार्टीहरु राजनीतिक मूलधारमा आइसकेका छन् । यद्यपि, वर्तमान परिपेक्षमा नेपाली राजनीतिमा केवल १५ कम्युनिष्ट पार्टीहरु सक्रिय छन्, जसमध्ये नेकपा (एमाले) सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी रहेको छ । 
 
नेपालमा कम्युनिष्ट विचारधाराको विकासलाई निम्न समय तालिकाले प्रकाश पारेको छ:
 
वर्ष घटना
१९४८ नेपाल कम्युनिष्ट पार्र्टीको स्थापना
१९६० राजनैतिक पार्टीहरुलाई राजा महेन्द्रद्वारा प्रतिबन्ध जुन १ दशकभन्दा बढी भयो
१९९० नेकपा (माक्र्सवादी) र नेकपा (मार्कसिस्ट लेनिनिस्ट) को गठबन्धन भई नेकपा 
(एमाले) को गठन
१९९४ आम निर्वाचनबाट नेकपा (एमाले) सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी
१९९४ पुष्प कमल दाहालद्वारा नेकपा (माओवादी) को गठन
१९९६ जनयुद्धको शुरुवात
२००६ जनयुद्धको अन्त्य भई नेकपा (माओवादी) राजनैतिक मूलधारमा प्रवेश
२००८ संविधान सभाको निर्वाचनमा नेकपा (माओवादी) सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी
२०१६ बाबुराम भट्टराईद्वारा नयाँ शक्ति पार्टीको गठन
२०१७ नेकपा (एमाले), नेकपा (माले) र नयाँ शक्ति पार्टीको गठनबन्धनको घोषणा
 
यस्तो राजनीतिक गठनबन्धन गर्नका लागि प्रेरणा श्रोत के हुन सक्छ ?
नेपालमा वाम गठबन्धन बन्नु र तोडिनु, कुनै नौलो विषय नभएता पनि सन् १९९० मा नेकपा 
(माक्र्सवादी) र नेकपा (मार्कसिस्ट लेनिनिस्ट) बीच भएका गठबन्धनलाई महत्वपूर्ण मानिन्छ । यो गठबन्धनले उदायको नेकपा (एमाले) लाई सन् १९९४ को आम निर्वाचनमा नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी बनायो । अहिलेको परिपेक्षमा भएको वाम एकताले अब आउने संघीय र प्रदेशीय चुनावमा सबै निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्दै पार्टी नै एकीकरण गर्ने सहमतिले नेपाली काँग्रेसको स्थिति केही कमजोर पार्दै नेपालमा एकल पार्टी प्रणाली स्थापित नहोला भन्न सकिंदैन, जुन सबै कम्युनिष्ट पार्टीको अभिष्ठ लक्ष्य समेत हो ।  
 
गठनबन्धनको सामाजिक राजनीतिक महत्वकांक्षाहरु तल सूचीवद्ध गरिएका छन्ः–
१. एउटै साझा चुनाव घोषणापत्र तयार गरी आगामी संसदीय र प्रान्तीय निर्वाचनमा बहुमत हासिल गर्न । 
२. संविधान संशोधन गरी राष्ट्रपतिलाई थप अधिकार र कानुनी छुट प्रदान गर्न । 
३. समाजको समाजवादी रुपान्तरण गर्न । 
 
के यो अर्थ व्यवस्था र आर्थिक वृद्धिको लागि खराब समाचार हो ?
नेपाल एकल पार्टी प्रणालीतिर उन्मुख हुँदै गर्दा सम्भावित आर्थिक प्रभावहरु तल छलफल गरिएका छन्ः
 
के निजी क्षेत्र लगानी गर्न अझै चासो देखाउलान् ?
समाजवादी अर्थ व्यवस्थामा आर्थिक व्यवस्थाको मूलधार भनेकै सरकार नै हो । तथापि, अरु समाजवादी व्यवस्था भएका देशहरुको उदाहरणबाट सिक्ने हो भने आर्थिक खेल मैदानमा निजी लगानीकर्ताहरुलाई निरुत्साहित र बहिष्कार गर्न भने सकिंदैन । त्यस्तै जुन देशहरु एकल पार्टी वा कम्युनिष्टहरुको बहुमत सरकारबाट सञ्चालनमा आएका छन्, उक्त देशहरुमा राज्य र कम्युनिष्टहरुको राजनीतिक संरक्षण पाएकाहरु ९उचयतéनéक० ले व्यवसाय सञ्चालनमा ठूलो भूमिका खेलेको पाइन्छ र उद्यमशीलताको संस्कृतिलाई असर परेको देखिन्छ । जुन देशमा पद र पहुँचको दुरुपयोग गरी फाइदा लिने ९बाहाल मनसाय० मानसिक विचार हावी छ, त्यो देशमा उद्यमी संस्कृतिको केही बाधा पुगेको देखिन्छ । 
 
के प्रचलित पूँजीवादले निरन्तरता पाउला ?
जब राज्यमा एकल राजनीतिक पार्टीको शासन रहन्छ, पूँजीवादको वर्तमान अभ्यासहरुले निरन्तरता पाउन र संस्थागत गर्न सक्छ । जसले गर्दा ठुला र पहुँचवाला राजनीतिक व्यक्तिहरुलाई व्यवसायीसँग मिलेर निजी लाभ लिन सजिलो हुन्छ । ऐतिहासिक र वर्तमान राजनीतिक घटनाहरुलाई विचार गर्दा, प्रचलित पूँजीवाद नेपाली अर्थतन्त्रको एक जल्दोबल्दो परिणाम बन्दछ । 
 
के पारदर्शिता अझै चुनौतिपूर्ण होला ?
नेपालको सन्दर्भमा हेर्ने हो भने बहुदलिय लोकतान्त्रिक प्रणालीले समेत पारदर्शितालाई प्रवद्र्धन गर्न नसकेको अवस्थामा एकल पार्टीको शासनमा पारदर्शिताको मुद्दाले कुन रुप लेला अड्कल मात्र गर्न सकिन्छ । 
 
के पार्टीहरुले आफ्नो वर्तमान अभ्यासहरुका सकारात्मक परिवर्तन गर्लान् वा निरन्तरता देलान्?
अन्तमा, यस गठबन्धनले नेपाल फेरि एक पटक गहन राजनीतिक परिक्षणमा रहने छ भन्दा दुई मत नहोला । तसर्थ वाम शक्तिको उदयले व्यवसाय तथा लगानी वातावरणलाई नकारात्मक असर पार्ने जोखिम देखिन्छ । 
 
Photo Credit: The Kathmandu Post.
Article views: 277